पोखराको पृथ्वीचोकमा आज दिउँसो मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गर्ने भारतीय महिलाको साविक गण्डकी हस्पिटल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
आत्मदाहको प्रयास गर्ने महिला भारत घर भई पोखराको बजार क्षेत्रमा मागी हिंड्ने ३० वर्षिया नारंगी भुजेल भएको प्रहरीले जानकारी दिएको छ । जलेर गम्भीर घाइते बनेकी उनलाई श्रीमानले उपचार गराई रहेका छन् ।
उनले आत्मदाह किन गर्न खोजिन भन्ने कुरा खोजीको बिषय भएको जानकारी दिंदै प्रहरीले निज महिलाले अत्याधिक मादक पदार्थ सेवन गरेको र सोही कारण आत्मदाह गरेको हुनसक्ने अनुमान गरेको छ ।
पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आत्मदाह प्रयास गरेकी भुजेल बाटोमा लडिबुडी गरेको देखेपछी प्रत्यक्षदर्शीले आगो निभाएका थिए ।
