सेवाग्रहीसँग लिंदै गरेको दुई लाख पचास हजार घुससहित वडा सदस्य चौधरी पक्राउ

सेवाग्रहीसँग लिंदै गरेको दुई लाख पचास हजार घुससहित वडा सदस्य चौधरी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ पुष २०७५
  • 7.2K
    Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. १० का वडा सदस्य उत्तम चौधरीलाई सेवाग्राहीसँग घुस खाँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ ।

नेपाली कांग्रेसकातर्फबाट स्थानीय तहमा निर्वाचित चौधरीले क्रसर व्यवसायीसँग खाएको दुई लाख पचास हजार घुस सहित पक्राउ गरेको हो ।

आयोगको वुटवल कार्यालयको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले वडा सदस्य चौधरीलाई सेवाग्राहीसँग घुस खाँदै गर्दा पक्राउ गरेको सम्पर्क कार्यालयका सूचना अधिकारी निराजन शर्माले जानकारी दिए ।

चौधरीले क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा बर्दिया, कोठियाघाट स्थित ईच्छा होटलबाट पुस १२ गते पक्राउ गरेको हो ।

चौधरीलाई आयोगको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको शर्माले बताएका छन ।

यसै गरी प्राप्त जानकारी अनुसार, सेवाग्राहीसँग नक्सा पास तथा अभिलेखिकरण गर्न ८० हजार घुस माग्ने सुद्धोधन गाउँपालिका रुपन्देहीका ईन्जिनियर कपिल अर्याल र सव–ईन्जिनीयर लक्ष्मण ढुंगाना पक्रउ परेका छन् ।

रुपन्देहीको साविक सौ–फर्साटिकर गा.वि.स हाल शुद्धोधन गाउँपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर अर्याल र सव–इन्जिनियर ढुंगानाले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

पुरानो भवनको नक्सा पास तथा अभियलेखीकरण गर्ने कार्यको लागि उनीहरुले सेवाग्राहीसँग घुस रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया