नेपाल कम्युनिष्ट पार्टी कर्णाली ब्युरोको अभियान दैलेखबाट शुरु

नेपाल कम्युनिष्ट पार्टी कर्णाली ब्युरोको अभियान दैलेखबाट शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ पुष २०७५
  • 6.2K
    Shares

नेपाल कम्युनिस्ट पार्टी भेरी कर्णाली ब्युरोले आज दैलेखको गुराँस गाउपालिकाको गोगने पानीमा पार्टी सुदृढिकरण तथा बिस्तार अभियान थालेको छ ।

कर्णाली ब्युरो इन्चार्ज एटम बिसी प्रमुख अतिथि रहेको उक्त बैठकमा जनबर्गिय संगठनका ब्युरो संयोजक बिराट ,ब्युरो सदस्य बिबेक लगायतका नेता कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेकपाले राष्ट्रघात, जनघात र सामाजिक बिकृति बिरुद्द निरन्तर आवाज उठाई रहने ब्युरो इन्चार्ज बिसिको भनाइ थियो । पार्टीले अभियानको क्रममा महिला, युवा, बिद्यार्थी, किसान लगायतका बिभिन्न जनबर्गीय संगठन निर्माण गर्ने बिषयमा सो भेलाले छलफल गरेको छ ।

प्रतिक्रिया