वडाध्यक्ष भुसाल १३ दिनदेखि बेपत्ता

वडाध्यक्ष भुसाल १३ दिनदेखि बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ पुष २०७५
  • 7.8K
    Shares

विष्णुप्रसाद भुसाल

मोटरसाइकल मर्मत गर्न भनी घरबाट निस्किएका अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका २, का वडाध्यक्ष विष्णुप्रसाद भुसाल १३ दिनदेखि बेपत्ता छन । आफुले चढ्ने लु १ ब १७४५ नम्बरको मोटरसाइकल मर्मत गर्नुछ भन्दै पुस २ गते घरबाट निस्किएका उनी त्यसै दिनदेखि बेपत्ता छन  । सदरमुकाम सन्धिखर्कस्थित मोटरसाइकल मर्मत पसलमा मोटरसाईकल छाडेर उनी शान्तिबगैंचाबाट बस चढेको र  गोरुसिंगेसम्म  पुगेको सुचना आफुहरुलाई आएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
उनी त्यहाँ ओर्लिएपछि कता गएअहिलेसम्म अत्तोपत्तो छैन । डाँडाकटेरी घर भएका भुसाल तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । हराएकाले खोजिदिन परिवारले प्रहरीमा निवेदन दिएको छ ।

प्रतिक्रिया