कालीकोटका चार युवा इटालियन पेस्तोलसहित पक्राउ

कालीकोटका चार युवा इटालियन पेस्तोलसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ पुष २०७५
  • 7K
    Shares

कालीकोटका चार युवा भक्तपुरको सल्लाघारीबाट अटोमेटिक इटालियन पेस्तोलसहित पक्राउ परेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल गुल्म हेडक्वाटर (औद्योगिक सुरक्षा) भक्तपुर २८ नम्बर गुल्मको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोट तिलागुफा–१ का २५ वर्षीय मोतिलाल शाही, २१ वर्षीय बलदिप शाही, कालिकोट मैबी– ६ का १८ वर्षीय जागेश शाही र मुगु खत्ने–२ का २२ वर्षीय भीमप्रसाद दाहाल रहेका छन् ।

सशस्त्रको ईन्टेलिजेन्स ब्यूरोको बिशेष टोलीले उनीहरुलाई अटोमटिक इटालियन पेस्तोलसहित भक्तपुरको सल्लाघारीस्थित चंगागणेश रेष्टुरेन्ट एण्ड बारबाट पक्राउ गरेको हो ।

सशस्त्रका अनुसार उनीहरु केही महिना यता भक्तपुरको सल्लाघारी बस्दै आएका थिए । उनीहरुको साथबाट पेस्तोलमा लाग्ने ९ एम.एम. को पाँच राउण्ड गोली र एउटा म्याग्जिन बरामद भएको छ । सो पेस्तोलमा पाँचवटै गोली लोड गरिएको थियो ।

उनीहरु अपराधिक गतिविधिमा संलग्न रहेको तथा उनीहरुसँग अवैध पेस्तोल रहेको भन्ने जानकारी पाएपछि व्यूरो टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई बरामद पेस्तोल तथा गोली र म्याग्जिनसहित आवश्यक कारबाहीको लागि प्रहरीमा बुझाइएको छ ।

प्रतिक्रिया