कक्षा ६ मा अध्यनरत तीन बालिका एकैदिन बेपत्ता

कक्षा ६ मा अध्यनरत तीन बालिका एकैदिन बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ पुष २०७५
  • 6.5K
    Shares

सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकाको वडा नम्वर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत तीन बालिका एकैदिन बेपत्ता भएका छन् । विद्यालयमा पढ्न भनेर गएका सिम्ता गाउँपालिकाका तीन बालिका ४ दिनदेखि बाटैबाट बेपत्ता भएका हुन् ।

साविक खानीखोला गाविस वडा नम्बर ९ खान्मा हाल सिम्ता गाउँपालिका वडा नम्बर ९ खानिखोला स्थायी घर भएका ति बालिकाहरु मंगलवार देखि सम्पर्क विहिन रहेको पारीवारिक स्रोतले जनाएको छ ।

बेपत्ता हुनेहरुमा खानिखोलाका ९ का १४ वर्षीया निशा सिंह ठकुरी, त्यही ठाउँ बस्ने एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेका छन् । निशाकी आमा भगवती सिंहका अनुसार पुस १० गते दिउँसो १ बजे टिफिनमा घर आएपछि कापी बिर्सिएँ भनेर स्कुल गएका छोरी हालसम्म घरमा फर्केका छैनन् । उनीसँगै गएका यमुना खत्री र रिसिमाका २ बहिनी पनि नफर्किएको उनको भनाइ छ ।

छोरीहरु बेलुकी घर नआएपछि आफन्तकहाँ सोध्दा नभेटिएपछि त्यही दिन राति प्रहरी चौकी आलीमा खबर गर्दा बेवास्ता गरेको भगवती बताउँछिन् ।

एकजना गाडी चालकले सल्लीबजारदेखि मेहलकुनासम्म उनीहरुलाई लिएर रात परेपछि आफ्नै घरमा राखेको खुलेको छ । तर उनीहरु बिहानै कसैलाई थाहा नदिइ हिँडेको चालक बताउँछन् । हाल प्रहरीले चालकलाईसमेत इलाका प्रहरी कार्यलय छिन्चुमा राखेर सोधपुछ गरिएको छ ।

 

प्रतिक्रिया