कालिकोटका अग्निपीडितका घर पुनर्निर्माण गर्ने नेपाल कम्युनिष्ट पार्टीको घोषणा

कालिकोटका अग्निपीडितका घर पुनर्निर्माण गर्ने नेपाल कम्युनिष्ट पार्टीको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ पुष २०७५
  • 5.1K
    Shares

नेकपा कालिकोट

कालीकोटको पलाँता गाउँपालिका १ खाडामा पुस ८ गते राती भएको आगलागीका पीडितलाई नेपाल कम्युनिस्ट पार्टी ‘विप्लब’ले राहत वितरण गरेको छ ।  पार्टीले ५० हजार नगद र ५० हजार बराबरको को जिन्सी सामान सहित अग्निपीडित गाउँलेलाई सहयोग गरेको छ ।

कालिकोटका अग्निपीडितका घर पुनर्निर्माणको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले लिएको घोषणा

पार्टीकेन्द्रको निर्देशनअनुसार राहत वितरण गर्नुका साथै पुनर्निर्माणमा पनि सघाउने नेपाल कम्युनिस्ट पार्टी कालीकोटले जनाएको छ ।

वास्तविक पीडितहरूको पहिचान गरी ‘क’ श्रेणीको क्षति पुगेका परिवारलाई दुई हजार रुपैयाँ नगद र तीनवटा थाली, ‘ख’ श्रेणीका पीडितलाई एक हजार रुपैयाँ नगद र दुईवटा थाली र ‘ग’ श्रेणीका पीडितलाई ५ सय रुपैयाँ नगद र एकएकवटा थाली राहतस्वरूप प्रदान गरिएको जानकारी जिल्ला सेक्रेटरी मनीलाल ऐडी ‘रणदीप’ ले दिए ।

‘हामीले वास्तविक पीडितको नाम सङ्कलन गरी श्रेणी विभाजन गरेर राहत वितरण गरेका छौँ’, उनले भने, ‘अग्निपीडितका लागि थप राहतका लागि पहल थालेका छौँ ।’

पार्टीकेन्द्रको निर्देशनअनुसार राहत वितरण गर्नुका साथै पुनर्निर्माणमा पनि सघाउने नेपाल कम्युनिस्ट पार्टी कालीकोटले जनाएको छ ।

आगलागीबाट क्षति भएका घरहरूको पुनर्निर्माणको जिम्मा आफ्नो पार्टीले लिने र घर पुनर्निर्माणमा सघाउने सेक्रेटरी ऐडीले बताए । ‘हामीले राहतसँगै पुनर्निर्माणको जिम्मा लिन्छौँ’, उनले भने, ‘अबको केही दिनमा नै पुनर्निर्माणको काम थालनी हुनेछ ।’

प्रतिक्रिया