पुनर्स्थापना केन्द्रमा राखिएका महिलाहरुलाई यातना दिने गरेको तथा दुर्व्यवहार गर्ने गरेको आरोपमा काठमाडौंको बुढानिलकण्ठ हाइटस्थित ‘कृपाघर’ पुनर्स्थापना केन्द्रकी संचालिका श्रुती गुरुङ पक्राउ परेकी छिन भने सो पुनर्स्थापना केन्द्रबाट ५१ महिलाको उद्धार गरिएको छ ।
पीडितका आफन्तले दिएको उजुरीका आधारमा एक रसियन सहित ५१ जना महिलाको उद्धार गरिएको छ । दुई बच्चा सहित केन्द्रमा रहेकी रसियन महिलाकाे भिजाकाे म्याद गुज्रिएकाे प्रहरीले जनाएकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी हाेबिन्द्र बाेगटीले दिएको जानकारी अनुसार, संचालकले केन्द्रमा बस्ने प्रति ब्यक्ति मासिक २५ हजार रूपैयाँ ६ महिनाकाे अग्रिम शुल्क लिने गरेकी थिइन । तर डिएसपी बोगटी अघि भन्छन, पुनर्स्थापना केन्द्रमा भाँडा माझ्न लगाउने, खाना पकाउन लगाउने गरेर कामदार झैं राखिएकाे थियाे ।’ पुनस्थापना केन्द्र भनिएपनि उपचार र परामर्श नदिइ घरेलु कामदार जसरी राखेकाे अबस्थामा उद्दार गरिएकाे बाेगटीले जनाए । घटनाबारे अनुसन्धान जारी रहेको लामाले जानकारी दिए ।