नेपाल दूरसञ्चार प्राधिकरणका विवादित अध्यक्ष झाले राजीनामा दिए

नेपाल दूरसञ्चार प्राधिकरणका विवादित अध्यक्ष झाले राजीनामा दिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ पुष २०७५
  • 4.3K
    Shares

नेपाल दूरसञ्चार प्राधिकरणका विवादित अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् ।

धेरै विवाद आएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटको निर्देशनपछि झाले राजीनामा दिएका हुन् ।

झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले हालै मात्र पार्टीमा ज्ञापनपत्र बुझाएका थिए । साथै स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो ।

राजीनामा दिनु अघि पत्रकार सम्मेलन गरेर उनले सत्तारुढ नेकपाका नेताहरुविरुद्ध मानहानी मुद्दा हाल्ने बताएका थिए ।

बुधबार पत्रकार सम्मेलन गरी झाले आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमान्दार, कर्तव्यनिष्ट कर्मचारी भएको दाबी गरेका थिए ।

प्रतिक्रिया