कर्मदिने आमासँग हुर्केका दोस्रो नेपाल आइडल बनेका रवि ओडले ती कर्म दिने आमालाई पनि गुमाएका छन् । दोश्रो नेपाल आइडल विजेता बनेका ओडले कर्मदिने आमासँग खुशी साट्न पनि पाएका थिएनन ।
दोस्रो नेपाल आइडल बनेका रवि ओडकी कर्म दिने आमा ४५ वर्षीया विष्णा ओडको बुधबार बिहान करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो ।
आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए ।
