अमेरिकी अदालतद्वारा उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग

अमेरिकी अदालतद्वारा उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० पुष २०७५
  • 5.9K
    Shares

ओट्टो वाम्बियरओट्टो वाम्बियर

अमेरिकी एक सङ्घीय अदालतले ओट्टो वाम्बियरका बाबुआमालाई उत्तर कोरियासँग पाँच करोड डलर क्षतिपूर्ति दिलाउन आदेश दिएको छ ।

अमेरिकी विद्यार्थी वाम्बियर उत्तर कोरियामा पक्राउ परेका थिए, तर मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष उनको मृत्यु भएको थियो । ओट्टो वाम्बियरका बाबुआमाले अमेरिकी सङ्घीय अदालतलमा “वाम्बियरलाई उत्तर कोरियामा पक्राउ गरी चरम यातना दिइएको दाबी गर्दै हत्यासम्बन्धी मुद्दा दायर गरेका थिए ।

अमेरिकी जिल्ला न्यायाधीश बेरिल हावेलले दिएको आदेशमा वाम्बियरको मृत्यु हुनुमा कोरिया नै दोषी देखिएको उल्लेख छ ।

भर्जिनिया विश्वविद्यालयका विद्यार्थी वाम्बियर घुम्नका लागि साथीहरुसँगै उत्तर कोरिया गएका बखत मार्च २०१६ मा प्रचार सामग्री चोरेको अभियोगमा उत्तर कोरियामा पक्राउ परेका थिए, पछी  उनलाई उत्तर कोरियाले १५ वर्ष जेल सजायं दिएको थियो । तर अचेत (कोमा) अवस्थामा अमेरिका फर्किएलगत्तै उनको जुन २०१७ मा मृत्यु भएको थियो ।

अदालतको आदेश बमोजिमको क्षतिपूर्ति रकम भने वाम्बियरका परिवारजनले अमेरिकी सरकारबाटै प्राप्त गर्ने छन् । साथै, सो कम अमेरिकी सरकारले अन्य देशमा रहेका उत्तर कोरियाली बैंक खाताबाट जफत गरेर उपलब्ध गराउन  अदालतले आदेश गरेको छ l

 

 

 

प्रतिक्रिया