भ्रष्टाचारको आरोपमा बदनाम सहसचिव चुडामणि शर्मा नेपाल सरकारद्वारा वरिष्ठ सहसचिव घोषित

भ्रष्टाचारको आरोपमा बदनाम सहसचिव चुडामणि शर्मा नेपाल सरकारद्वारा वरिष्ठ सहसचिव घोषित


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० पुष २०७५
  • 7.6K
    Shares

नेपाल सरकारले भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका सहसचिब चूडामणि शर्मालाई सहसचिवहरुमध्ये सबैभन्दा वरिष्ठ घोषणा गरेको छ  ।

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज सार्वजनिक गरेको सहसचिवहरुको जेष्ठताको वरियता क्रममा मन्त्रालयले चूडामणि शर्मालाई पहिलो नम्बरमा राखेको छ ।

शर्मा भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका व्यक्ति हुन् । शर्माले कर फर्छ्योट आयोगमार्फत भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दासमेत दायर भएको छ। अख्तियारले छानबिन गरेका शर्मा अतिरिक्त समूहमा छन् ।

यस्तै दोस्रो वरियतामा रामप्रसाद थपलिया, तेस्रोमा वीरेन्द्र कुमार यादव रहेका छन् । यस्तै अन्तिम वरियतामा गोगन बहादुर हमाल रहेको छन् ।

२२५ औं नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत जुम्लाका गोगनबहादुर हमाल छन् । २२५ औं नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत जुम्लाका गोगनबहादुर हमाल छन् ।

सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार जेष्ठतालाई मानेको दाबी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले सुरुमा सहसचिवस्तरका कर्मचारीहरुको सूची सार्वजनिक गरिएको र अन्य पदका कर्मचारीहरुको पनि क्रमशः सूची सार्वजनिक गर्दै जाने बताए ।

प्रतिक्रिया