नेकपा डोल्पाका सेक्रेटरी पार्टीबाट निष्कासित

नेकपा डोल्पाका सेक्रेटरी पार्टीबाट निष्कासित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ पुष २०७५
  • 8.3K
    Shares

नेपाल कम्युनिस्ट पार्टी भेरी ब्युरोले डोल्पा जिल्ला सेक्रेटरी राजेशलाई निष्कासन गरेको छ ।
भेरी ब्युरो इन्चार्ज सितलले एक जारी गरेको विज्ञप्तिमा पार्टीको गम्भीर अनुशासन उलंघन हुने गरि जिल्ला पार्टी सदस्यहरुलाई पार्टी क्रान्ति विरुद्ध लगाउन कोसिस गरेको, संगठनमा विखण्डन पैदा गर्ने अभिव्यक्ति दिएको, आर्थिक अपचलनको घटना देखा परेको, पार्टीका जिम्मेवार व्यक्तिहरुका विरुद्ध भ्रामक र कपोकल्पिट अभिव्यक्ति दिएको भन्दै पार्टीको कुनै हैसियतमा नरहने गरि निष्कासन गरिएको जनाइएको छ ।

यस अघि पटकपटक सम्झाउदा बुझाउदा पनि रुपान्तरण नभएको र पछिल्लो गतिविधि गर्दा पार्टीले बोलाउदा नआएकाले पार्टीको कुनै हैसियतमा नरहने गरि निष्कासन गरिएको छ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया