कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयको बस दुर्घटनाग्रस्त, १६ को मृत्यु, १० घाइते

कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयको बस दुर्घटनाग्रस्त, १६ को मृत्यु, १० घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ पुष २०७५
  • 7K
    Shares

सल्यान जिल्लाको कपुरकोटस्थित बनसपति उद्यान केन्द्र अवलोकन पछि दाङ फर्कदै गरेको  कृष्णसेन ईच्छुक स्मृती बहुप्राबिधिक शिक्षालयको बस दाङको तुलसीपुर ३ राम्रीमा आज दिउँसो दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् ।

दाङ घोराहीस्थित सो विद्यालयको  बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा दुर्घटनाग्रस्त् भएको थियो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार, मृताकको सनाखत भएको छैन भने घाईतेमध्ये ३ जनाको अबस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि राप्ती अञ्चल अस्प्ताल तुलसीपुरबाट नेपालगंज रेफर गरिएको छ । अन्य सातजनाको भने अञ्चल अस्पतालमै उपचार भईरहेको छ ।

३१ जना यात्रु रहेको उक्त बस ६/७ सय मिटर तल खसेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने डिएसपी शाहीले जानकारी दिए ।  घटनाको थप बिबरण आउन बाँकी छ ।

प्रतिक्रिया