मकवानपुर प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राम घलान वाटरलाई पक्राउ गरेको छ । गत साउन ३१ गते जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यलाई कालोमोसो दलेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले उनलाई हेटौँडा–२९ बस्तीपुरबाट बुधबार बिहान करिब साँढे १० बजेको समयमा पक्राउ गरेको हो ।
शिक्षा अधिकारीलाई कालोमोसो दलेको आरोपमा पक्राउ परेका अखिल क्रान्तिकारीका मकवानपुर सचिव प्रेम शाही छुटेको भोलिपल्टै प्रहरीले लामालाई पक्रेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रंवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले शिक्षा अधिकारीलाई कालोमोसो दलेको प्रकरण र केही महिना अघि नाकाबन्दीको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बस्तीपुर क्षेत्रबाट पेट्रोल र ग्यासको सिलिण्डर नियन्त्रणमा लिएको बिषयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।