मन्त्रीको निर्देशनमा गिरफ्तार नेकपाका दुई नेतालाई जनताले प्रहरी नियन्त्रणबाट खोसे

मन्त्रीको निर्देशनमा गिरफ्तार नेकपाका दुई नेतालाई जनताले प्रहरी नियन्त्रणबाट खोसे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ मंसिर २०७५
  • 6.7K
    Shares

मन्त्री वर्षमान पुनको निर्देशनमा प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका दुई नेतालाई स्थानीय जनता र कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले प्रहरी नियन्त्रणबाट खोसेका छन् ।

संगठन सुदृढ तथा विस्तार अभियान अन्तर्गत नेकपा रोल्पाले मन्त्री वर्षमान पुनको छिमेकी गाउँ माडीचौरमा आयोजना गरेको शान्तिपूर्ण कार्यक्रमलाई मन्त्री पुनको ठाडो आदेशमा प्रहरीले हस्तक्षेप गरेको थियो । करीब डेढ दर्जन सशस्त्र प्रहरी सहित पुगेको ठुलो संख्याको प्रहरी टोलीले माडीचौरमा हुँदै गरेको नेकपाको साँस्कृतिक कार्यक्रममा  ‘माथिको आदेश ‘ भन्दै हस्तक्षेप गरेको थियो ।

प्रहरीका अनुसार , मन्त्री पुनको गाउँमा कुनैपनी कार्यक्रम गर्न नपाइने माथिको आदेश छ ।
प्रहरीलाई छक्याएर नाराबाजि गर्दै गरेका जिल्ला पार्टीका नेता तथा कार्यकर्तालाई रोक्न खोज्दा केहीबेर तनाब उत्पन्न भएको थियो । यसै क्रममा प्रहरी टोलीले नेकपा रोल्पा नगरपालिका इन्चार्ज टीकाराम नेपाली र युवाका टेकराज पुनलाई गिरफ्तार गरेको थियो । तर स्थानीय बासिन्दा र अन्य पार्टी कार्यकर्ताहरुले गिरफ्तार आफ्ना नेताहरुलाई नछाडे जिल्ला प्रहरी कार्यालय रोल्पा घेराउ गर्ने चेतावनी दिएका थिए  ।

उपस्थित जनसमुदायको चेतावनी र चर्को बिरोध पछी प्रहरीले आफ्नो नियन्त्रणमा लिएका दुई जना नेताहरु रोल्पा नगरपालिकाका इन्चार्ज टीकाराम नेपाली र युवाका टेकराज पुनलाई छाडेको थियो ।

यसै बीच नेकपा रोल्पाका सचिवालय सदस्य दिनेश चन्दले दलालहरु जनताबाट कटेपछी यस्तो निन्दनीय हर्कत गरेको टिप्पणी गरे  । उनले मंत्री पुनको निर्देशनमा भएको  प्रहरी हस्तक्षेप् निन्दनीय एवं आपत्तिजनक ब्यवहार भएको टिप्पणी गरे ।

प्रतिक्रिया