२०७५ साल असार २६ गते धरानबाट फर्किदै गर्दा तरहराको जङ्गलमा अपहरण सैलिमा मलाइ गिरफ्तार गरिएको थियो । गिरफ्तार गरेर मलाइ इप्रका इटहरी लिइयो इप्रका इटहरीमा मलाई चरम मानसिक यातना दिइएको थियो ।
“ए प्रहरी मित्रहरु ! तिमिहरु नेपालका सच्चा पहरेदार सिपाही हो भने राजनीति हैन सिमाना नाकामा सुरक्षा गर्न जानुहोस । राज्य थिर हुदैन । यो अस्थिर हो। भोलि यो राजनीति हाम्रो हातमा हुनेछ ।” इलाका प्रहरी कार्यालय इटहरीले जुन ढङको व्यबहार गर्यो, त्यो व्यबहार प्रती म घोर भर्सना गर्दछु । मेरो आफन्तहरुलाई भेट्न पनि रोक लगायो । त्यहाका डियसपी शिवकुमार श्रेष्ठज्युले धेरै राजनीति गर्नु भो । मसित इप्रकामा देखिएको ज्यादती त्यहा मोबाइल चोरलाइ लागुऔशधको र लागु औसधको मुद्दालाई सार्वजनिक मुद्दा दर्ता गरेको पनि देखियो । त्यो देख्दा मैले सहन सकेन । मैले आवाज उठाए । केहो चाला ? यो त सोझा र सिधालाइ अन्याय भो भनेर भन्दा मलाइ “तपाईं राजनिती नगर्नुहोस” भनेर हिरासत कक्ष अथवा हिरासतको कोठा परिवर्तन गरिन्थ्यो ।
गर्मीको समय हिरासतमा ६०/७० जनाको चाप थियो । मैले निर्णय गरे “मलाइ अन्याय भो, यो अन्यायको बिरुद्धमा मैले अन्सन बस्नुपर्यो ” भनेर १३ जनाको समूह बनाएर अनसन् पनि बसियो । राती ११ बजेतिर मलाइ मैले भनेकै ठाउमा सार्यो । अनि बिहान मलाइ सोधपुछ गर्न DSP आयो “तपाइँको अलि बढी हुदैछ ” भनेर गयो । त्यसमा मैले कुनै जवाफ दिइन ।
केही दिनपछी मलाइ अदालत लगियो । अदालतमा मैले मेरा समस्याका बारेमा सबै कुरा भने न्यायाधीशद्वायले प्रहरीलाई “त्यस्तो नगर्नु ” भनेर निर्देशन दियो । “हुन्छ” भन्यो । तर पछिपनि व्यबहार त्यस्तै रहयो । उल्टै “७७ जिल्ला घुमाउछु” भन्ने अभिव्यक्त गर्थे त्यहाका DSP साहाब l
२०७५ साल साउन २१ गते अदालत हाजिर गरायो । बहस भो , छुटछुहोला भनेर म बाहिर बसिरहेको थिए । बेलुकी ६ बजे ‘तपाइलाइ पुर्पक्षकालागि कारागार चलान गर्ने आदेश ‘ भो भन्ने खवर आएपछी म रिसाएर ‘ममाथि अन्याय भो’ भने । मलाइ प्रहरीले गाडिमा हाल्यो । झुम्का कारागार गेटमा पुगेर चेकजाच हुदैथियो, एउटा प्रहरीले ‘ए साले बम कतिको हानियो’ भनेर भन्न थाल्यो । मैले जवाफ के दिए भने अलि सभ्य भाषा बोल्नु’ भनेर भन्दा ‘यो कारागार हो, बढी बोल्छस ?’ भन्यो । त्यसपछी मलाइ भित्र हुलियो ।
भित्र पुग्दा ७.३० भएको थियो । भित्र पनि चेक जांच हुदोरहेछ । चेकजाच गरिसकेपछी मलाइ खाना खुवाउन लग्यो । शुरुको दिन खाना पनि पुरै किरा भएको भात दियो । त्यो अलिकति खाएं । खाना खाएर म बस्ने कोठातिर गएँ । त्यहा पैसा के कति छ, चेकजाच हुदोरहेछ । हामिलाइ चाहिने उपभोग सामाग्रीहरु नगदमा नभएर खाता सिस्टमबाट मात्र मिल्दोरहेछ । १० दिनलाइ बन्डा भन्छन त्यही बन्डाको दिन हिसाप हुन्छ । त्यसैको लागी खाता खोल्न नयाँ मान्छेलाइ एकहजार रुपया चाहिदोरहेछ । मसित थियो, मेरो खाता खुल्यो । मासुपसल,किराना, सेलुन, खाजाघर सबैतिर केहिदिन जेलको सिस्टम सिकाउनकोलागी एउटा DSP रुम भन्नेहुन्छ त्यहा राख्छ ।
नया हरुलाइ १०/१५ दिनपछी परिवर्तन गरिदिन्छ । त्यो रुममा जेलको बारेमा बाहिर कुरा गर्नुनहुने फोनमा राम्ररी बोल्नुपर्ने ग्रुपिङ भएर नबस्नुपर्ने लगायत विभिन्न कुरा सिकाउथ्यो । त्यहाबाट कोठा चेन्जभएपछि अर्को कोठामा सुत्ने डस्नाको साइज १६ इन्चको थियो । त्यसमा सुत्नुपर्थ्यो त्यो पनि किनेर काटेर स्यानो बनाउनु पर्छ ।
त्यस्तै गरे कारागारको बिहानको खाना ११ बजे खानुपर्थ्यो भने बेलुकी ३ बजे त्यो केका लागी भने खाना कम रुचोस र चमेनापसल राम्रो चलोस भनेर थियो । त्यहा बोल्ने आट कसैले गर्दैनथे । जो बोल्यो त्यसको त्यही राम धुलाइ हुन्थ्यो र मरिहाल्यो भनेपनी चिप्लेर मरेको भन्ने रिपोट भनाउथे । त्यसैले कारागारभित्र त्यहाको जेलरको मिलोमतोमा भ्रष्टाचार हुदोरहेछ । सम्पुर्ण कैदी बन्दीहरुको जिम्मा सरका र यो राज्यको दायित्व भित्र पर्नुपर्ने होइन ? राज्यको दायित्व हो भने बिजुलीबापतको पैसा कैदी बन्दिबाट असुलिन्छ किन? कारागार भित्रको महङ्गो एउटा साबुन ३० बाहिर पाउछ भने त्यहा ६० मा किन्नु पर्ने , बाहिरबाट केही आफ्ना आफन्तहरुले लिइदिएको सामाग्री पनि आफुले डवल तिर्वल पैसा तिरेर लानुपर्छ । खै त त्यहा अनुगमन कस्ले गर्छ ? एउटा सिटामोल नपाएर कैदीबन्दिहरुको अकालमै ज्यान जानेको सङ्ख्यामा कमि छैन । यो राज्यको कैदी बन्दीहरुलाइ हेर्ने दृश्टि केहो वास्तविक अपराधी १००% मा ४०% मात्र अपराधी होलान ।अरु पहुच नभएका गरिव हरु जसले घुस खुवाउन सक्दैन, तिनिहरु मात्र कारागारमा छन , कोहि रिसइबिको आधारमा त कोहि झुटा आरोपमा । एउटा कारागार भित्र त्यति धेरै विभेद छ भने अरु के होला ?
म त सासकहरुलाइ के भन्न चाहान्छु भने मैले तिमिहरुले गर्ने कुकर्मको अध्ययन गर्ने अवसर प्राप्त गरेको छु । तिमिहरुले बिद्रोही भाव, बिचार, सिद्धान्तलाई जति थुनछेक गरेपनि एकदिन तिम्रो दमनको यो राक्षसी शैलीको अन्त्य गर्न आम जनसमुदाय एक भएर अगाडि बढनेछन । त्यो तिम्रो कालो कर्तुतको अन्त्य नेपाली जनसमुदायले गर्नेछन । न्यायपालिका स्वतन्त्र भनेर हुइया पिटिन्छ । तर त्यो हुँदै होइन, न्यायपालिका केपि प्रचण्डहरुको मुट्ठीभित्र छ भन्नेकुरा हामिले भन्न सक्छौ ।
परिवर्तन गर्ने आवाजहरुलाइ दमन गर्ने अनि शान्तिको परिकल्पना गर्ने तिमिहरु मूर्ख हौ । विभिन्न पटक भएका आन्दोलन, क्रान्ती सासकहरुका अगाडि अपराधी थिए । जबसम्म बिजयको नजिक नपुगुन्जेल बिजयको नजिक पुगेपछी क्रान्ती आन्दोलन जायज लाग्छन । यो इतिहासमा दर्ज भएका कुरा हुन । त्यसैले प्रहरी सुरक्षाकर्मी मित्रहरु , सासकहरुको पछि नलाग्नुहोस । सत्यको पक्षमा लाग्दा उतम हुनेछ अझैपनी सर्वहारावर्गको जित हामिले हाम्रो त्याग तपस्या कुर्वानिमा देखिरहेका छौ । वर्गहरुको अस्तित्व उत्पादनको बिकासका निश्चित ऐतिहासिक अवस्थासंग मात्र सम्बन्धित हुन्छ भन्ने कुरामा पनि हामी प्रस्ट भए हुन्छ । अर्कोकुरा आगामी दिनमा हामीले नेताहरुलाइ खवरदारी गरि राख्नुपर्ने हुन्छ । आगामी दिनमा हामीले राम्रो किसिमको पहल्कदमी लिनुपर्ने हुन्छ ।
देसैभरिका कारागार भित्रका कैदीबन्दिहरुले कैदीबन्दीबाटै दु:ख पाएका छन । यो बिसयमा मानवअधिकारकर्मीहरु कता हराएका छन ? अधिकारको वकालत गर्ने अन्य संघ सस्थाहरु कता हराए ? खोजी गर्नु पर्दैन ? हामीले हाम्रो व्यक्तिगत सम्पती आर्जन गर्नलाइ क्रान्तिमा हिडेका होइनो । हामी त राज्य निर्माण गरेर सुबिधा सम्पन्न नेपाल र नेपाली जनता बनाउने अभियानमा लागेका लालयोद्धा हौ हामी । क्रान्तिको शुरुवात पुर्वबाट हुदैछ । पहिला रोल्पाली , रुकुमेली ,डोल्पेली\हरुले गरेका थिए । अवको पालो मधेस धर्तिबाट हुनेछ ।