सप्तरीमा अपहृत आठ वर्षीय बालकको १० दिनपछि सकुशल उद्धार, दुई पक्राउ

सप्तरीमा अपहृत आठ वर्षीय बालकको १० दिनपछि सकुशल उद्धार, दुई पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २२ असार २०८३
  • 969
    Shares

saptariमा पहरणमुक्त बालक मोहम्मद परवेज

काठमाडौँ, २२ असार २०८३।

सप्तरीमा अपहरणमा परेका आठ वर्षीय एक बालकलाई प्रहरीले १० दिनपछि सकुशल अपहरणमुक्त गरेको छ।भने पहरानामा संलग्न रहेको आरोपमा एक महिलासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाडाका मोहम्मद कलिमका ८ वर्षीय छोरा मोहम्मद परवेजलाई आइतबार राजविराजबाट सकुशल अपहरणमुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए।

प्रहरीका अनुसार परवेजलाई १० दिनअघि राजविराजस्थित नेता चोकबाट अपरिचित व्यक्तिले फकाएर अपहरण गरेका थिए। स्थानीय युवा र नेपाल प्रहरीको संयुक्त प्रयासबाट बालकको उद्धार सम्भव भएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार , ती बालक अपहरणमा संलग्न रहेको आरोपमा एक महिलासहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिको परिचय भने अनुसन्धान प्रभावित हुन सक्ने भन्दै हाल सार्वजनिक नगरिएको उनले जानकारी दिए।

प्रतिक्रिया