पोखरा , २१ असार २०८३।
वीरगञ्ज महानगरपालिका–१६ स्थित दुर्गा हल नजिक निर्माणाधीन घरमा पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–कल्याणपुर निवासी ३० वर्षीय सुवास पटेल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निर्माणाधीन घरको सेन्टरिङ खोल्ने क्रममा अचानक पर्खाल भत्किँदा पटेल पर्खालमुनि च्यापिएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि भवानी अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।