नेपाल प्रहरीको ‘असई’ भन्दै १५ लाखभन्दा बढी ठगी : काठमाण्डौको गोंगबुबाट महिला पक्राउ

नेपाल प्रहरीको ‘असई’ भन्दै १५ लाखभन्दा बढी ठगी : काठमाण्डौको गोंगबुबाट महिला पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २२ असार २०८३
  • 3.1K
    Shares

dipika bohara

काठमाडौँ, २२ असार २०८३।

आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा काठमाण्डौबाट एक महिला पक्राउ परेकी छन्।

आफू असई भएको परिचय दिँदै प्रहरीको बर्दीसमेत लगाएर ठगी गरेको आरोपमा इलाम नगरपालिका–१० निवासी ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो।

कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीका अनुसार बोहोराले आफू असई भएको परिचय दिँदै प्रहरीको बर्दीसमेत लगाउने गरेकी थिइन्। उनले बर्दी लगाएको तस्वीर देखाएर विभिन्न प्रलोभन र आश्वासन दिँदै पीडितलाई ई–सेवा र मोबाइल बैंकिङमार्फत पटक–पटक गरी १५ लाख ५० हजार रुपैयाँ जम्मा गराउन लगाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी बोहोरालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया