पोखरा, १६ असार २०८३।
बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेर भागेका एक युवा पक्राउ परेका छन्।
कोहलपुर नगरपालिका- ४ गोहवा बस्ने २० वर्षीय विनोद चौधरी आफ्नै सहोदर दाजु २५ वर्षीय मनोज चौधरीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार , विनोदले आइतबार राति कुटपिट गरी दाजु मनोजको हत्या गरी नहरमा फालेर भागेका थिए। तर प्रहरीले उनलाई कोहलपुर नगरपालिका- १५ गोहवाबाट सोमबार बिहान पक्राउ गरेको बताइएको छ ।
कुटपिटबाट हत्या भएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज ल्याइएको छ । पक्राउ परेका विनोदको म्याद थपका लागि जिल्ला अदालत, बाँकेमा ल्याइएको प्रहरीले जनाएको छ ।