पोखरा, २१ असार २०८३।
धादिङमा एक युवाले गरे शनिबार दिउस्नो आफ्नै बुवाको हत्या गरेका छन्।
धादिङको गङ्गाजमुना गाउँपालिका–४ यार्सामा ३५ वर्षीय सुजन सुनारले आफ्नै ६० वर्षीय बुवा धननारायण सुनारको हत्या गरेका हुन्।
प्रहरीका अनुसार सुजनले शनिबार दिउँसो ६० वर्षीय आफ्ना बुवा धननारायण सुनारमाथि फलामको रड प्रहार गरेका थिए। रड प्रहारबाट गम्भीर घाइते भएका धननारायणलाई उपचारका लागि तत्काल ग्रामीण अस्पताल फुलखर्क लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।
बाबु धननारायण सुनारको मृत्यु भए लगत्तै इलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरी टोलीले छोरा सुजन सुनारलाई पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।