ग्रेटर नेपालका अभियन्ता नेपाल जिल्ला प्रशासन कार्यालय काठमाण्डौबिरुद्ध अदालत जाने

ग्रेटर नेपालका अभियन्ता नेपाल जिल्ला प्रशासन कार्यालय काठमाण्डौबिरुद्ध अदालत जाने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ मंसिर २०७५
  • 8.6K
    Shares

रास्ट्रवादी नेता एबम ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपालआफुलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गरेको जरिवानाबिरुद्ध अदालत जाने भएका छन्  । यस आदेशका बिरुद्ध अदालत जाने आफ्नो फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन् ।

अभियन्ता फणिन्द्र नेपाललाई सार्वजनिक शान्ति सुरक्षा खलल पुर्याएको भन्दै काठमाण्डौका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको एकल ईजलासले यही मंसिर २३ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा रु १ हजार जरिवाना गरेको थियो ।

बिम्स्टेक अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएकै दिन गत भदौ १४ गते बिहान ८:१५ बजे चाबहिलस्थित आफ्नो घरबाट निस्कनासाथ सादा पोसाकका प्रहरीले पक्राउ गरेको थियो र त्यतिबेला प्रहरीले  ६ दिन गौशाला प्रहरीवृत्तको हिरासतमा राखेको थियो।

नेपालले बिम्स्टेक अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आउंदै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने तयारी गरेका थिए ।

यो जरिवाना हाँस्यास्पद र भारतीय चाकडीमा ओली सरकारले देशभक्त नेपालीहरुलाई हतोत्साही गराउने निर्लज्जतापूर्ण कार्य भएको भन्दै नेपालले यो निर्णयका विरुद्ध प्रतिक्रिया जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार