थासाङ गाउँपालिका–२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी थलामै पक्राउ परेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको नेतृत्वमा गएको गस्ती टोलीले साढे दुई किलो जङ्गली जनावरको मासु, दुई थान पासो र खुकुरीसहित शिकारीलाई पक्राउ गरेको हो ।
तीन हजार ५०० मिटर उचाइको जङ्गलमा मासु पकाउँदै र पासो थाप्दै गरेको अवस्थामा रोल्पाका ५७ वर्षीय मोहनबहादुर मगरलाई मङ्गलबार पक्राउ गरिएको कार्यालयले जनाएको छ ।