बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीले पर्यटकीय नगरी पोखराको मुटु मानिने न्यूरोडमा रहेको एक बिबादित जग्गामा आज बिहान डोजर चलाएर सो जग्गा किनबेच गर्नमा रोक लगाएको छ।
न्यूरोडस्थित कैशाल विकास बैंकको सामुन्ने रहेको आफ्नो नौ रोपनी ३ आना जग्गालाई जालसाजी गरेर खोप्लाङ्गे साहु भनिने बिष्णु प्रसाद श्रेष्ठले हडपेको भन्दै कृष्ण थापाले कास्की जिल्ला जनसरकारमा उजुरी दिएका थिए। थापाले यसबारे सरकारी अदालतमा कानूनी उपचार खोज्दासमेत न्याय नपाएपछि न्याय पाउन जनपरिषदमा उजुरी दिएका थिए ।
सो उजुरीमा आवस्यक छानबिन पछि कास्की जिल्ला जनसरकारले कृष्ण थापाको उक्त जग्गालाई खोप्लांगे साहु भनिने विष्णुप्रसाद श्रेष्ठले जालासाजीपूर्ण तरीकाले आफ्नो नाममा गरेको ठहर गरेको थियो। सोही जग्गामा नेपाल कम्युनिष्ट पार्टी निकट कास्की जिल्ला जनसरकारले सोमबार खोलांगे साहुद्वारा हडपिएको भन्दै पिडितको न्यायको पक्षमा कास्की जिल्ला जनसरकारले डोजर चलाएको प्राप्त समाचारमा जनाइएको छ।
यसअघि उक्त जग्गामा कास्की जिल्ला जनसरकारले पर्त्तिको झण्डा गाडेर आफ्नो कब्जामा रहेकाले बिक्री वितरण र भाडामा नदिन अपिल गरेको थियो ।
