दलाल सरकारको प्रतिरोधमा उत्रन आम नेपाली जनतासंग नेकपा प्रवक्ता प्रकाण्डको आव्हान

दलाल सरकारको प्रतिरोधमा उत्रन आम नेपाली जनतासंग नेकपा प्रवक्ता प्रकाण्डको आव्हान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ मंसिर २०७५
  • 8.1K
    Shares

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खडकबहादुर विश्वकर्मा प्रकाण्डले दलाल सरकारको प्रतिरोधमा उत्रन आम नेपाली जनतासंग आव्हान गरेका छन्  । आफ्नो गृह जिल्ला कालिकोटको माल्कोटमा अायोजित विशाल जनसभामा सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो आव्हान गरेका हुन् ।

नेकपा नेता प्रकाण्डले शहिदका सपना बेचेर खानेहरुका विरुद्ध एकपटक फेरि संघर्ष गर्नुपर्ने आवस्यकता औल्याउंदै त्यसका लागि तयारी अवस्थामा रहन सबैलाई अनुरोध गरे ।

उत्पीडित जनता र रास्ट्रको पक्षमा लड्दा आफुलाई बलिदानी समेत स्वीकार्य रहेको बताउंदै उनले  जनताको मुक्तिका लागि आफु र अाफ्नो पार्टी सधैं लडिरहने बताए ।

एक अर्को प्रशङ्गमा प्रकाण्डले दश बर्षे जनयुद्धमा सिङ्गो कर्णाली र कालिकोटका जनताले गरेको योगदानको स्मरण गर्दै उनले अघि भने, “जनयुद्धको नेतृत्व गर्नेहरूले धोका दिएर गलत सम्झौता गरेकाले जनयुद्धका सपना पुरा भएन ।”

प्रवक्ता प्रकाण्डले अहिलेको सरकार दलाल र भष्ट्रहरुको गठजोडमा बनेको आरोप लगाउंदै काङ्ग्रेसभन्दा पनि भष्ट्र बन्दै गएको अहिलेको कम्युनिस्ट सरकारबाट जनताले कुनै अपेक्षा नराखेको दाबी गरे ।

प्रवक्ता प्रकाण्डले कर्णालीको विकासमा राज्यको निरिहता र भष्ट्र चरित्रका कारण बिकास हुन नसकेको टिप्पणी गरे ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य एवम् कर्णाली ब्युरो ईन्चार्ज एटमले सिहदरबारको भ्रस्टाचार  गाउँ गाउँमा पुगेर भ्रस्टाचार संस्थागत गरिएको उल्लेख गर्दै गाउँ गाउँमा सिहँदरबार नभई  भष्ट्र र काम चोर स्यालहरु अाएको आक्षेप लगाए  ।
नेकपा नेता एटमले प्रचण्ड बाबुरामको गद्दारीले १० बर्ष जनयुद्ध धोकाधडिमा टुङ्गिएको भन्दै हजारौं शहिद तथा वेपता परिवारका सपना पुरा गर्ने जिम्मेवारी अाफ्नो पार्टीको काधमा अाएको बताए ।


कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अर्का केन्द्रीय सदस्य अादर्शले गाउँ गाउँमा अाएका नयाँ दलाललाई गाउँबाट खेदेर गाउँमा नयाँ सता चलाउनु पर्ने बताए ।
उनले ओलि र प्रचण्ड सरकारले अाफ्ना नेताहरुलाई झुटा मुद्दा लगाएर दिएको दु:ख प्रति अाक्रोस प्रकट गर्दै जनयुद्धको अाधार ईलाकामा गएर जनतासँग माफि माग्न प्रचण्डलाई चेतावनी समेत दिए ।

कालिकोटको माल्कोटमा अायोजित जनसभामा माल्कोट,लालु लगायतका विभिन्न गाउँबाट जनताको सहभागिता रहेको थियोे । कार्यक्रमको अध्यक्षता कर्णाली ब्युरो सदस्य बल बहादुर बुढाले गरेका थिए भने सञ्चालन जिल्ला सेक्रेटरी रणदिपले गरेका थिए । कार्यक्रममा सामना सांस्कृतिक परिवारको केन्द्रीय टोलीले आफ्नो प्रस्तुति समेत देखाएको थियोे ।

प्रतिक्रिया