पोष्टपाटीका प्रधानसम्पादक चन्दलाई पक्राउ गर्नुको लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतको आदेश

पोष्टपाटीका प्रधानसम्पादक चन्दलाई पक्राउ गर्नुको लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतको आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ मंसिर २०७५
  • 7K
    Shares

सर्वोच्च अदालतले अनलाइन पत्रिका पोष्टपाटी डटकमका प्रधानसम्पादक गोपाल चन्दलाई पक्राउ गर्नुको कारण सहित लिखित जवाफ पेश गर्न बिपक्षीहरुका नाममा आदेश दिएको छ ।

न्यायाधीशद्वय चोलेन्द्र शमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले लिखित जवाफ पेश गर्न बिपक्षीहरुका नाममा आदेश दिएको हो ।

विगत १३ दिनदेखि प्रहरी हिरासतमा राखिएका अनलाइन पत्रिका पोष्टपाटी डटकममा प्रधानसम्पादक गोपाल चन्दको अर्को पेशी आउँदो बुधबारको लागि तोकिएको छ । रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, अनन्तराज लुईटेल,विकास भट्टराईले बहस गरेका थिए ।

पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड विरुद्ध अफवाह फैलाउने समाचार लेखेको आरोपमा सम्पादक चन्दलाई महानगरीय प्रहरी अपराध महाशाखाले मंसिर ११ गते पक्राउ गेरेको थियो । पोष्टपाटीमा मंसिर ६ गते प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार चन्दलाई गिरफ्तार गरी महानगरीय प्रहरी परिसर टेकुमा राखिएकोमा रमेश डाँगीले चन्दलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै रिहाईको मागसहित मंसिर १६ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । गिरफ्तारको भोलिपल्ट १२ गते चन्दलाई जिल्ला अदालत काठमाडौंबाट पहिलोपटक ७ दिन र दोस्रोपटक १८ गते १० दिन म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको अवस्थामा काठमाडौं जिल्ला अदालतको लिखित जवाफ आवश्यक अनिवार्य देखिएपछि बहसपछि न्यायाधीशद्वय चोलेन्द्र शमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासबाट जारी आदेशले अर्को पेशी बुधबारका लागि तोकिएको हो ।

आदेशपछि लिखित जवाफ पेश गर्न सर्वोच्चले आजै काठमाडौं जिल्ला अदालतलाई पत्र काटिसकेको छ ।

प्रतिक्रिया