सुदखोर, भ्रष्टाचारी र ब्यभिचारीको आरोप लगाउदै भुषालमाथि जनकारबाही

सुदखोर, भ्रष्टाचारी र ब्यभिचारीको आरोप लगाउदै भुषालमाथि जनकारबाही


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ मंसिर २०७५
  • 6.7K
    Shares

युवराज भुषाल

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तु वाणगंगामा गठन गरेको वाणगंगा नगरको जनसरकारले वाणगंगा -३, कर्महनाका युवराज भुषाललाई आज कालोमोसो दलेर जनकार्बाही गरेको छ ।

मुद्दा मिलाउने बहानामा जनतासग मोटो रकम उठाउने, महिलाहरुसग अनैतिक सम्बन्ध राख्ने सामाजिक दलाल, सुदखोर, भ्रष्टाचार र ब्यभिचारको आरोप लगाउदै वाणगंगा जनसरकारले भुषाललाई जनकार्बाही गरेको हो । कारबाहीपछि घटनास्थलमा भेटिएको एक पर्चामा ४ बुदे आरोप लगाउदै उनलाई कारबाही गरिएको जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले चलाउदै आएको जनसत्ता उल्लेख गरेको पर्चामा कार्बाही गरिएका भुषाललाई सो पार्टीले जनताहरुलाई अनावश्यक रुपमा झुठ्ठा मुद्दा लगाई दु:ख दिने काम गरेको आरोप लगाएको छ । महिलाहरूलाई विभिन्न प्रलोभन र बाध्यतामा पारी अनैतिक सम्बन्ध राख्न बाध्य पार्ने गरेका उनले स्थानीय एक महिलाको श्रीमानलाई अनावश्यक झुठ्ठो मुद्दा लगाई भारत पस्न बाध्य पारेर उनकै श्रीमतीसग अनैतिक सम्बन्ध राख्ने गरेको समेत सो पार्टीको आरोप छ ।

पछिल्लो समय जनसत्ताको नाममा दलाल, भ्रष्टाचारि, ब्यभिचारिलाई तथा भ्रष्ट जनप्रतिनिधिहरुलाई समेत सचेत रहेर जनताको काम गर्न चेतावनी तथा गलत काम गर्नेहरूलाई कार्बाही गर्ने गरेको छ ।

प्रतिक्रिया