पक्राउ गर्नुको कारणसहित पत्रकार चन्दलाई सर्वोच्च अदालतमा पेश गर्न आदेश

पक्राउ गर्नुको कारणसहित पत्रकार चन्दलाई सर्वोच्च अदालतमा पेश गर्न आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ मंसिर २०७५
  • 11.6K
    Shares

गोपाल चन्द

सर्वोच्च अदालतले पत्रकार गोपाल चन्दलाई पक्राउ गर्नुको कारणसहित सर्वोच्च अदालतमा पेश गर्न आदेश दिएको छ ।

माननीय न्यायाधिश दीपककुमार कार्कीको एकल ईजलासले पोष्टपाटी डटकमका सम्पादक चन्दलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आज आदेश दिएको हो ।

पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड विरुद्ध अफवाह फैलाउने समाचार लेखेको आरोपमा सम्पादक चन्दलाई महानगरीय प्रहरी अपराध महाशाखाले मंसिर ११ गते पक्राउ गेरेको थियो ।

विनाकारण पक्राउ गरिएको भन्दै चन्दका भाई रमेश डाँगीले आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रतिक्रिया