अखिल क्रान्तिकारीले टाँसेको पृथ्वीनारायण क्याम्पस गेट अगाडिको ब्यानर प्रहरीले च्यात्यो

अखिल क्रान्तिकारीले टाँसेको पृथ्वीनारायण क्याम्पस गेट अगाडिको ब्यानर प्रहरीले च्यात्यो

  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ मंसिर २०७५
  • 16K
    Shares

नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा  मङ्सिर ८ गते काठमाण्डौमा गर्न लागेको जनसभामा सहभागी बन्न आव्हान गरिएको व्यानरलाई पोखरामा प्रहरीले च्यातेको छ ।

प्रहरीको हस्तक्षेपलाई तोड्दै आजे  अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस जिल्ला समितीले पृथ्वीनारायण क्याम्पसको मूल गेटमा ब्यानर टाँगेको थियो । यतिबेला पृथ्वीनारायण क्याम्पस गेट अगाडी ब्यापक मात्रामा प्रहरी परिचालित गरिएको छ ।

पृथ्वीनारायण क्याम्पस गेट अघि ब्यापक प्रहरी परिचालित
पृथ्वीनारायण क्याम्पस गेट अघि ब्यापक प्रहरी परिचालित
पृथ्वीनारायण क्याम्पस गेट अघि ब्यापक प्रहरी परिचालित
पृथ्वीनारायण क्याम्पस गेट अघि ब्यापक प्रहरी परिचालित

यसैबीच गोरखाबाट प्राप्त जानाकारी अनुसार, मंसिर ८ गते पार्टी पुनर्गठनका अवसरमा काठमाडौँमा हुने जनसभाको प्रचारप्रसारका लागि जागरण सभा गर्ने तयारी गरिरहेका नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल, युवा नेता सबिन क्षेत्री, विद्यार्थीका जिल्ला अध्यक्ष शुसन सुवेदीसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरी करिब एक घण्टा पछी रिहा गरेको छ ।

नेकपाका न्र्ता तथा कार्यकर्ताहरुलाई गोर्खाको हरमटारी बजारमा जागरणसभा गर्नुपूर्व ब्यानर टाँस्दै गरेको अबस्थामा गिरफ्तार गरेको थियो  ।

यसै सिलसिलामा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले उपत्यकाका तीनै जिल्लामा जागरण सभा सम्पन्न गरेको छ ।

प्रतिक्रिया