रामेछाप जिल्लाको मन्थलीबाट प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा नेकपाका स्थानीय नेतासहित तीनजनालाई पक्राउ गरेको छ । मन्थलीका रामबहादुर पुरीको घरमा जुवा खेल्दै गरेको अवस्थामा नेकपाका स्थानीय नेता प्रेम तामाङ, घरबेटी रामबहादुर पुरी, खाँडादेवी गाउँपालिका –८ का रमेश तामाङ पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट नगद ३२ हजार रुपैयाँ र चारवटा मोबाइलसमेत बरामद गरिएको रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए । पक्राउ परेकाहरूलाई आइतबार दश दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक थापाले बताए ।