पहिलोपटक (पीपीएल) क्रिकेट माछापुच्छ्रेको काखमा

पहिलोपटक (पीपीएल) क्रिकेट माछापुच्छ्रेको काखमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ कार्तिक २०७५
  • 9.6K
    Shares

पोखरा । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने पोखराले अबका दुई साता देशभरका क्रिकेटप्रेमीहरुको ध्यान तान्ने छ । पहिलोपटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट भोलिदेखि यहाँ सुरु हुँदैछ ।

मर्मत सम्भारपछि काँचुली फेरेको पोखरा रंगशालामा नेपालको सर्वाधिक पुरस्कार राशीको टी-२० फ्रेन्चाइजको रुपमा पीपीएलको पहिलो संस्करण आयोजना हुन लागेको हो । प्रतियोगिताको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । माछापुच्छ्रेको काखमा चौका र छक्का हान्न खेलाडीहरु उत्साहित छन् ।

प्रतिक्रिया