पोखरा आउंदै गरेको बस जलबिरेमा दुर्घटनाग्रस्त, तीनको मृत्यु, २३ जना घाइते

पोखरा आउंदै गरेको बस जलबिरेमा दुर्घटनाग्रस्त, तीनको मृत्यु, २३ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ कार्तिक २०७५
  • 44.5K
    Shares

बिजया दशमीको टिकाको दिन एकाबिहानै दुखद खबर आएको छ । पोखरातिर आउंदै गरेको बस आज बिहान २ः३० बजे चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा आउंदै गरेको ना ५ ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो । बस मोडिन नसक्दा दुर्घटना भएको प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकमध्ये झापा मेची नगरपालिका ८ बस्ने ३५ वर्षीय उदयमान राजवंशीको सनाखत भए पनि अन्य दुई जनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहानभएको थियो ।

 

 

 

प्रतिक्रिया