पाँच लाख रुपैयाँ घुससहित पोखराका सरकारी वकिल सहन्यायाधिवक्ता थापा पक्राउ

पाँच लाख रुपैयाँ घुससहित पोखराका सरकारी वकिल सहन्यायाधिवक्ता थापा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ असोज २०७५
  • 10.9K
    Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता थापालाई बुधबार बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो ।

ठगीसम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्‍याइदिने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएकाले पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए । ढकालका अनुसार, थापामाथि थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया