भित्तेलेखन गरिरहेका नेपाल कम्युनिष्ट पार्टी गोर्खाका इन्चार्ज योगेन्द्र कुमाल सहित तीन जनालाई आज बिहान प्रहरीले गोर्खाको हरमटारी चोकबाट गिरफ्तार गरेको छ l जिल्ला पार्टी इन्चार्ज कुमालसहित पार्टी इलाका सदस्य रामप्रसाद लामिछाने र अखिल (क्रान्तिकारी) गोर्खाका अध्यक्ष सुशान्त सुबेदी पनि गिरफ्तारीमा परेका छन् l
नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको तीन महिने सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान अन्तरगत गोर्खाको हरमटारी चोकमा भित्तेलेखन गरिरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला सेक्रेटरी प्रतीकले जानकारी दिएका छन् l उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको समाचार स्रोतले जानकारी दिएको छ l
गोर्खा जिल्लाका विभिन्न क्षेत्रहरुमा संचालित अभियानका क्रममा अभियान टोली जनताको घरदैलो, चोक, आँगनसम्म पुगेर जनताको समस्याहरु बुझ्ने र सम्भब भएका समस्याका समाधान गर्ने गरेको अभियानको अनुगमन गर्न पुगेकी नेकपाकी केन्द्रीय सदस्य एबम गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ले जानकारी दिइन l सोही क्रममा जनयुद्धका शहीद तथा बेपत्ता परिवारलाई भेटघाट गर्ने काम पनि गरिएको छ l त्यस्तै, ठाउँ ठाउमा दलाल सत्ता, अन्याय, अत्याचार र भ्रस्टाचारका बिरुद्ध भित्तेलेखन गरिएको छ l त्यही क्रममा विभिन्न स्थानमा पार्टी तथा जनबर्गीय संगठनक इकाइहरु गठन गरिएको प्राप्त समाचारमा जनाइएको छ l