पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गर्ने युवकलाई प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ ।
श्रोतका अनुसार हाल प्रहरीको हिरासतमा रहेका अभियुक्त आफ्नै छिमेकी २७ वर्षीय कुसुम पौडेल रहेका छन् l अभियुक्त पौडेलले बालिकालाई बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ ।
घटनापछि अपराधी खोज्न परिचालित कास्की प्रहरी टोलीले शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरेको थियो । तीमध्ये पौडेलले भने आफ्नो गल्ती स्विकार गरिसकेको गोप्य श्रोतले बताएको छ । तर प्रहरीले घटनामा संलग्न व्यक्ति पक्राउ गरिसकेको पुस्टि गरे पनि पक्राउ परेका व्यक्तिको पहिचान खुलाउन इन्कार गरेको छ । प्रहरीले यस बारेमा पत्रकार सम्मेलन गरेरै यस सम्बन्धमा जानकारी दिने बताएको छ ।
सोमबार साँझदेखि हराएकी लिला आधारभुत विद्यालय कक्षा ३ मा अध्ययनरत श्रीया विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिईन् तर उनी एकाएक हराएकी थिईन् । मंगलबार बिहानै उनलाई झाडीमा मृत अर्धनग्न भेटिएको थियो । मंगलबार विहान ८ बजे स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । मध्येरात ११÷१२ बजेसम्मै अनुसन्धान पश्चात् संलग्न पक्राउ गर्न सफल भएको हो ।