भित्तेलेखन गरिरहेका नेकपाका ६ जना नेता तथा कार्यकर्ता गिरफ्तार

भित्तेलेखन गरिरहेका नेकपाका ६ जना नेता तथा कार्यकर्ता गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ असोज २०७५
  • 24K
    Shares

निर्मला पन्तलाई वलात्कार गरी हत्या गर्ने हत्यारालाई कारवाहीको माग राख्दै भित्तेलेखन गरिरहेका विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले शनिबार दिउँसो पोखराबाट गिरफ्तार गरेको छ  ।

प्रहरीको गिरफ्तारीमा पर्ने नेकपाका नेता तथा कार्यकर्ताहरुमा नेकपा कास्कीका सदस्य रविन्द्र राई, अखिल क्रान्तिकारी कास्कीका सचिव पवन पुन, सदस्यहरू सुर्य गुरूङ, गगन परियार, उज्ज्वन पुन तथा अखिल क्रान्तिकारी भद्रकाली उच्च्च मावि इकाई सचिव सागर विक रहेका छन्  । उनीहरुले पाेखरा अाैद्याेगिक क्षेत्र नजिकको पर्खालमा “हत्या हिँसा बन्द गर l निर्मला पन्तका हत्यारालाई करवाहे गर ” जस्ता नाराहरु लेखिरहेका थिए l

वलात्कारी र हत्यारालाई कारवाहीको माग उल्लेखित नारासहितको भित्तेलेखन गरिरहेका उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजार पाेखराका प्रहरीले पक्राउ गरेकाे हो  । उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजार पाेखराकै हिरासतमा राखिएको छ  ।

यसैबीच पोखरामा रहेका पांच बिद्यार्थी संगठनहरुले एक प्रेस बिज्ञप्ति जारी गरी भित्त्लेखन गरि रहेका बिद्यार्थी नेताहरुको तुरुन्त रिहाइको माग गरेका छन् l यसरी गिरफ्तार नेताहरुको तुरुन्त रिहाइको माग गर्ने बिद्यार्थी संगठनहरुमा अखिल नेपाल बिद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य मनिष भट्टराई, अखिल (छैठौ) कास्कीका अध्यक्ष दानु सारु मगर, नया शक्ति बिद्यार्थी युनियन कास्कीका संयोजक बिशाल तिमिल्सिना, अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष सम्झना परियार र अखिल (क्रान्तिकारी) कास्कीका कोशाध्यक्ष निरुता बिक रहेका छन् l

उनीहरुले संयुक्त रुपमा जारी गरेको बिज्ञप्तिमा बिद्यार्थी नेताहरुलाई गिरफ्तार गरेर राज्यले संघियता, गणतन्त्र र नेपालको राजनीतिको खिल्ली उडाएको कुरा उल्लेख गर्दै बिद्यार्थी संगठनहरुमा आक्रोश पैदा भएको जनाइएको छ l साथै सोही विज्ञप्तिमार्फत गिरफ्तारीमा परेका नेता तथा कार्यकर्ताहरुलाई बिना शर्त तुरुन्त रिहा गर्न माग गर्दै अन्यथा प्रतिरोधमा उत्रने चेतावनी दिएको छ l

प्रतिक्रिया