अमेरिकाको ओक्लाहोमामा गोरखाकी रचना श्रेष्ठमाथि अन्धाधुन्ध गोली प्रहार गर्ने युवक पक्राउ

अमेरिकाको ओक्लाहोमामा गोरखाकी रचना श्रेष्ठमाथि अन्धाधुन्ध गोली प्रहार गर्ने युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ साउन २०७५
  • 32.3K
    Shares

अमेरिकाको ओक्लाहोमा रहेको एटोका शहरस्थित बड्डी ह्यान्डी मार्ट नामक पेट्रोल पम्प नजिकै  गोरखाकी रचना श्रेष्ठमाथि स्थानीय समयअनुसार दिउँसो सवा १२ बजे अन्धाधुन्ध गोली प्रहार गर्ने युवक पक्राउ परेका छन्। श्रेष्ठमाथि अन्धाधुन्ध गोली प्रहार गर्ने १८ वर्षीय जिमुन टेज हिल नामक युवकलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले ती युवकलाई घटनामा प्रयोग भएको हतियारसहित एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो। उनले के कारणले युवतीमाथि गोली प्रहार गरे भन्ने बारे खुलेको छैन्। उनी भर्खरै अपराधिक क्रियाकलापमा संलग्न हुन खोजेको प्रहरीले अनुमान गरेको छ। यसअघि उनका नाममा कुनै अपराधको रेकर्ड नभेटिएको प्रहरीले जनाएको छ।

शरीरका विभिन्न भागमा ८ वटा गोली लागेकी श्रेष्ठको अवस्था गम्भिर रहेको पारिवारीक स्रोतले जनाएको छ। गम्भिर घाइते श्रेष्ठको अहिले स्थानीय सेन्ट फ्रान्सिस हस्पिटलमा उपचार भइरहेको छ।  गाला, पिठ्युं, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा गोली लागेकी उनको स्थानीय सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको अमेरिकाबाट पत्रकार गुणराज लुईटेलले जानकारी दिनुभयो । ८ मध्ये ४ गोली शरिरबाट निकालिएको र रचनाको अवस्था अत्यत्नै चिन्ताजनक रहेको श्रीमान् कपिल श्रेष्ठले बताउनुभयो ।

डीभी परेर डेढ एक वर्ष अघि अमेरिका गएकी उनका साढे २ वर्षका छोरा छन् ।  ३ साताअघि पनि लुटेराले भर्जिनियामा रेशम बजगाईंको हत्या गरेको थियो ।

 

 

 

प्रतिक्रिया