पर्यटन प्रबर्धन गर्ने भन्दै असार १५ मा मुलुकभर रोपाईं महोत्सब मनाइयो l महोत्सब मनाउने नाममा हिलोमा पसेका युवा युवतीले विकृतिजन्य गतिबिधि देखाए l कृषि क्रान्ति गर्ने घोषणा सहित सरकारले समाजवाद उन्मुख बजेट सार्वजनिक गरेको छ l सरकारमा नै रहेका नेतृत्व तहका नेताहरु रोपाईं महोत्सबमा हाँस्य पात्र बने l
के यस्ता पाराले मुलुकमा समाजवादअाउँछ ? यही हाे समाजवाद उन्मुख गतिविधि ? असार १५ मा रोपाईं महोत्सव मनाउने नाममा गरिएका विकृतिजन्य र अस्वाभाविक खालका गतिबिधियुक्त तस्वीर जुन सामाजिक संजालमा राखिएका थिए, तिनैलाई हामीले यहाँ प्रस्तुत गरेका छौं l









