यूएईले दियो अवैधानिक रूपमा बस्दै आएका आप्रवासी कामदारलाई तीनमहिने आममाफी

यूएईले दियो अवैधानिक रूपमा बस्दै आएका आप्रवासी कामदारलाई तीनमहिने आममाफी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ असार २०७५
  • 11.5K
    Shares

संयुक्त अरब इमिरेट्स (यूएई) ले स्थानीय आवासीय कानुन उल्लंघन गरी अवैधानिक रूपमा बस्दै आएका आप्रवासी कामदारलाई तीनमहिने आममाफी दिएको छ ।

 

यो आममाफी अगस्ट १ गतेदेखि लागू हुनेछ । विदेशी कामदार मामिला तथा बन्दरगाह विभागका कार्यवाहक महानिर्देशक सयिद रकान अल रस्हेन्दीका अनुसार अगस्ट १ देखि अवैधानिक ढंगले बसोवास गरी काम गर्दै आएका कामदारलाई विनासजाय स्वदेश फर्कन वा सामान्य शुल्क तिरेर कानुनी हैसियत बनाएर बस्न छुट दिइएको छ ।

यूएईले आफ्नो देशमा सिरिया, लिबिया र यमनका नागरिक अवैधानिक रूपमा बस्न थालेपछि यो कार्यक्रम ल्याएको हो ।

प्रतिक्रिया