ओएसिस् मेडिकल कलेज भरतपुरमा बिएन र बिएएसी नर्सिङ कार्यक्रम बन्द

ओएसिस् मेडिकल कलेज भरतपुरमा बिएन र बिएएसी नर्सिङ कार्यक्रम बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ जेष्ठ २०७५
  • 14.6K
    Shares

चितवनको भरतपुरमा रहेको ओएसिस् मेडिकल कलेजको बिएन र बिएससी नर्सिङ कार्यक्रम बन्द भएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन लिएर सञ्चालन गरिएको कार्यक्रम हाललाई बन्द गरिएको विश्वविद्यालयका डिन डा. सिद्धार्थ कोइरालाले जानकारी दिए ।

कलेजले नेपाल नर्सिङ परिषद्सँग सम्वन्धन नलिई बिएन र बिएससी नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको थियो । कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन लिएर भरतपुरमा नै चलिरहेका अन्य दुई कलेजमा स्थानान्तरण गरिएको डिन डा.कोइरालाले बताए ।

३ बर्षे बिएन र ४ बर्षे बिएससी नर्सिङ कार्यक्रममा पढिरहेका ९९ जना विद्यार्थीलाई एनपिआइ र श्रीमेडिकल कलेजमा बाँकी कार्यक्रम पढाउने गरी स्थानान्तरण गरिएको छ । एनपिआईमा बिएनका १३ जना र बिएससी नर्सिङका ३४ जना र श्रीमेडिकल कलेजमा बिएनका १८ र बिएससी नर्सिङका ३४ जना विद्यार्थी पढ्ने छन् ।
एनपिआई नर्सिङ कलेजका प्रशासकिय अधिकृत हरिस अधिकारीका अनुसार उनको कलेजमा विएन पढ्ने पहिलो बर्षका १०, दोस्रो र तेस्रो बर्षका ९/९ र चौथौं बर्षका ५ जना विद्यार्थी ओएसिस्बाट आएका छन् । यस्तै बिएनबाट दोस्रो बर्षका ४ र तेस्रो बर्षका ५ जना विद्यार्थी आएका छन् । ओएसिस् मेडिकल कलेजले कोर्ष पूरा गर्न विद्यार्थीबाट ९ लाख ५० हजार ४ बर्षभित्र लिनुपर्नेमा अधिकांश विद्यार्थीसँग ६० प्रतिशत भन्दा बढि रकम असुल गरिसकेको छ ।

प्रतिक्रिया