बिदेशमा ज्यान गुमाएका भाइको शव लिएर फर्किँदै गर्दा दाजुको पनि मृत्यु

बिदेशमा ज्यान गुमाएका भाइको शव लिएर फर्किँदै गर्दा दाजुको पनि मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ जेष्ठ २०७५
  • 18.8K
    Shares

ताप्लेजुङ- मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर फर्कँदै गर्दा दाजु भक्तबहादुर सवेहाङको पनि दुर्घटनामा मृत्यु भएको छ ।

मेचीराजमार्ग अन्तर्गत पाँचथर टारीमा पिकअप जिपबाट झरेर उनको ज्यान गएको प्रहरीले जनाएको छ। फक्तालुङ गाउँपालिका–२ खेजेनिमका ४३ वर्षीय उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीका लागि दुईवर्ष अघि मलेसिया पुगेका भाइ देवीप्रसाद लिम्बुको एकसाताअघि सडक दुर्घटनामा परी मृत्यु भएको थियो।

भाइको शव लिन एक जना साथी लिएर दाजु काठमाडौँ गएका थिए। भाइको गाउँकै घाटमा अन्तेष्टि गर्न बा १७ च ८४५१ नम्बरको पिकअप रिजर्भ गरेर ल्याउने क्रममा मङ्गलवार बिहान दुर्घटना भएको हो। भाइको शवसँगै पिकअपको पछाडि बसेका उनी उकालो बाटोमा गेयर परिवर्तन गर्दा खसेको चालक मनोज श्रेष्ठले प्रहरीलाई बताएका छन्।

चालक श्रेष्ठ जोरपोखरी प्रहरी चौकीको नियन्त्रणमा रहेका छन्। दाजुभाइ दुवैजनाको शव जोरपोखरी प्रहरी चौकीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया