अब ​३० वर्ष कटेकाले मात्रै कुवेतमा काम गर्न पाउने

अब ​३० वर्ष कटेकाले मात्रै कुवेतमा काम गर्न पाउने


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ जेष्ठ २०७५
  • 25.9K
    Shares

अब खेखि ३० वर्षभन्दा कम उमेरकाले रोजगारीका लागि कुवेत जान नपाउने भएका छन् । कुवेतले ३० वर्ष कम उमेरका  विदेशी कामदार भर्तीमा रोक लगाउने निर्णय  गरेसँगै नेपालबाट कामका लागि कुवेत जाने ३० वर्ष कम उमेरकाले जान नपाउने भएका हुन् । सीप नभएपनि हुने काम, मेसिन अपरेटर र सवारी चालाउने काममा ३० वर्षभन्दा कम उमेरका विदेशी कामदार भर्ती गराए पनि सीप चाहिने काममा ३० वर्ष भन्दा कम उमेरका विदेशी नागरिक भर्ती नगर्ने जनाएको छ ।

कुवेतले अघिल्लो वर्षको जनवरीमा नै यो नियम लागू गर्ने निर्णय गरेको थियो । तर श्रमिकको लेनदेनको विषयमा केही प्राविधिक कुराको समिक्षा गर्ने भन्दै रोकेको थियो । कुवेतको म्यानपावर पब्लिक अथुरिटीले यो नियम आउँदो जुलाई १ देखि लागू गर्ने जनाएको छ । दक्ष र विश्वविद्यालय पास गरेका विदेशी नागरिकले कुवेतमा राम्रो अवसर पाउन भन्ने उदेश्यले यो नियम ल्याइएको कुवेतले जनाएको छ । सेवा क्षेत्र र निर्माणको क्षेत्रमा अदक्ष कामदार बढेको भन्दै यो नियम ल्याएको पनि कुवेतले बताएको छ ।

प्रतिक्रिया