हत्याको मुल्य १ लाख र दुई छोरालाई कक्षा १२ सम्म निशुल्क पढाइदिने सम्झौता !

हत्याको मुल्य १ लाख र दुई छोरालाई कक्षा १२ सम्म निशुल्क पढाइदिने सम्झौता !


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ भाद्र २०७३
  • 12.2K
    Shares

यातनाबाट सुधार गृह भित्रै मारिएका मोरङको उर्लाबारी– ३ का विष्णु तामाङको परिवारलाई १ लाख नगद र दुई छोरालाई कक्षा १२ सम्म निशुल्क पढाइदिने सम्झौता भएको खुलासा भएको छ । उर्लाबारी –५ स्थित जीबन बचाउ उपचार केन्द्र( सुधार गृह)मा उपचारका लागि साउन ११ गते भर्ना भएका उर्लाबारी – ३ का विष्णु तामाङको साउन १४ गते सुधार गृह मै मृत्यु भएको थियो । मृत्यु भएको घटना सार्वजनिक भए लगत्तै स्थानीय अखवारमा छाएको विष्णु हत्या प्रकरण अन्त्यमा लेनदेनमा मिलेपछि हत्याको ‘मूल्यको १ लाख र छोरा पढाउने खर्च ’भन्ने टिप्पणी सुरु भएको छ । यद्यपि अझै पनि सुधार केन्द्र आफ्नो गल्ती स्वीकार्ने पक्षमा देखिएको छैन् ।

यातनाबाट सुधार गृह भित्रै मारिएका मोरङको उर्लाबारी– ३ का विष्णु तामाङको
यातनाबाट सुधार गृह भित्रै मारिएका मोरङको उर्लाबारी– ३ का विष्णु तामाङको

सुधार गृहले उक्त रकम समाजले दिएको भन्दै रकम दिने र पढाई खर्च जुटाउनेमा गृहको कुनै संलग्नता नभएको सुधार गृहका इन्चार्ज रबिन्द्र दहालले बताए ।उनले भने,‘ हामीले कुटपिट गरेका छैनौ,क्षतिपुर्ति किन दिनु र ?

उनले समाजले जुटाएको सहयोगको विषयमा सुधारगृहलाई चासो नहुने आक्रोसपूर्ण जवाफ दिदैं पन्छिए । यता सुधार गृहका सल्लाकारहरुले भने अनाहकमा ५-५ हजार संकलन गरेर विष्णुकी पत्नि कमलालाई बुझाएको बताएका छन् ।
सल्लाकारहरु भन्छ्न्,‘ ९ जनाको कार्य समितिमालाई सल्लाहादिन ३९ जनाको सल्लाहाकार समिती गठन गर्नुको औचित्य पुष्टि भएको छ ।एक असन्तुष्ठ सल्लाहाकारले नाम उल्लेख नगर्ने सर्तमा भने‘ मैले मेरो सल्लाकारबाट हटाउन आग्रह गरिसकेको छु । हाम्रो नाम भजाएर सुधारकेन्द्रले गल्ती ढाकछोप गर्ने प्रयास गरिरहेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विष्णु तामाङलाई कलेजोको समस्या रहेको र रक्सी सेवन त्याग्न नसके मृत्यु हुने सल्लाहदिए पछि पत्नी कमलाले श्रीमानलाई दीर्घजीवन दिन सुधार गृह गरेकी थिईन । तर, अरु सामान्य अवस्थाका बिरामी सरह हात खुट्टा बाँधेर यातनादिएपछि विष्णुको मृत्यु भएको थियो । विष्णुकी पत्नी कमलालाई रातको १२ बजे श्रीमानको शव बुझ्न बोलाएपछि पीडाबाट ब्याकुल बनेकी कमलाले सही छाप गरेर शव बुझेकि थिईन । तर,अन्तिम संस्कार गर्ने समयमा मात्र जीउ भरि नील डाम देखिएपछि मृत्यु भवितब्य नभई कुटपिटबाट भएको परिवारले निष्कर्ष निकालेको थियो । तर , सुधार गृहले घटना भएको भोलिपल्ट नै प्रेस विज्ञप्ति निकालेर घटनाको ढाकछोप गरेको थियो ।

९ जना कार्य समिति रहेको सुधार गृहमा ३९ जनाको सल्लाहकार समिति समेत भएर हत्याको घटनालाई भबितब्य बनाउन मलजल गरेपनि अन्त्यमा पीडित परिवारलाई राहत दिएको विषय समेत लुकाउने प्रयास भएपछि घटना थप रहस्यमय भएको छ । केही सामाजिक अगुवाले भनेका छन्–१ लाख रुपैयाँ र छोराहरूलाई १२ कक्षा सम्म निशुल्क अध्ययनको ब्यवस्था मिलाईदिए पछि त्यो कुरा सार्वजनिक हुँदा के अप्ठ्यारो पर्छ र ? त्यति मात्र होइन,सुधार गृह र तामाङ घेदुङ संघले संयुक्त विज्ञप्ति निकालेर समाचार सबै भ्रामक थिए, कपोकल्पित थिए भन्दा पाठक झनै भ्रममा परेको सामाजिक अगुवाहरू बताउँछन् । भबितब्यले मरेको भए, किन पीडितलाई पैसा दिनु ?अन्यथा हत्यालाई मुल्यमा कहिले सम्म सुधार गृहले किनिरहने ? आम पाठक वर्ग जवाफ खोजिरहेका छन् ।

प्रतिक्रिया