काठमाडौं उपत्यकाको पानी पिउनयोग्य नभएको परीक्षणका क्रममा पुष्टि भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले काठमाडौं उपत्यकाका पानीका विभिन्न स्रोतको परीक्षण गरेको हो।
नास्टको प्रयोगशालामा गरिएको परीक्षणले उपत्यकाको पानी पिउनयोग्य नरहेको पुष्टि भएको छ। नास्टले गत वर्ष बैशाखदेखि चैतसम्म करिब एक हजार पानीका नमुना परीक्षण गरेको थियो। परीक्षण गरिएकामध्ये कुनै पनि नमुनाका पनी पिउनुयोग्य नदेखिएको नास्टका प्राविधिकले जानकारी दिए। ‘हामीले यो एक वर्षमा ९२५ वटा नमुना परीक्षण गर्यौं।’ नास्टका वरिष्ठ वैज्ञानिक डा। भोलाराज पन्तले भने, ‘संकलित कुनै पनि पानी ढुक्कले पिउनयोग्य देखेनौं।’नास्टमा दिनहुुँजसो सर्वसाधारणले नै परीक्षण गराउन पानीका नमुुना ल्याउने गरेका छन्। उनीहरूले आफ्नो घरका ट्युबवेल, बोरिङ, इनार, ढुुंगेधारालगायतको पानी परीक्षण गराउन ल्याउने गरेको नास्टले जनाएको छ। काठमाडौं उपत्यकाका तीन वटै जिल्लाभरबाट सर्वसाधारणले पानीको नमुुना नास्टमा परीक्षण गर्न दिनहुँजसो ल्याउने गरेका छन्।
परीक्षणमा संलग्न प्राविधिक निरु बुुर्लाकोटीले पानीमा ब्याक्टेरिया, आइरन, अमोनिया र नाइट्रेटको मात्रा धेरै देखिएको बताइन्। उनले भनिन्, ‘प्रायः सबै पानीको परीक्षणमा एकै खालको समस्या हामीले पायौं। कतै ब्याक्टेरिया भेटियो भने कहीं अमोनिया र नाइट्रेट।’ब्याक्टेरियाअन्तर्गत फोहोर र दिसामा हुुने जीवाणुु (कोलिफर्म) पर्छन्। काठमाडौं उपत्यकाका सबैजसो पानीको परीक्षणमा कोलिफर्म भेटिएको छ। राष्ट्रिय खानेपानी गुुणस्तर मापदण्ड २०६२ अनुुसार पानीमा कोलिफर्मको मात्रा शून्य हुुनुुपर्नेमा परीक्षणमा ३ सय प्रतिशतसम्म पाइएको छ। यति धेरै मात्रामा कोलिफर्मको मात्रा स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको वरिष्ठ वैज्ञानिक पन्त बताउँछन्। ‘यो संख्यामा भन्ने हो भने लाखौं जीवाणुु हुुन्, किनकी हामीले आँखाले नदेखेका मात्र हौं’, उनले भने।पिउने पानीमा आइरनको मात्रा प्रतिलिटर शून्य दशमलव ३ प्रतिशत हुुनुुपर्नेमा ५–१० प्रतिशतसम्म भेटिएको छ। रङहीन र गन्धहीन हुनुपर्ने पानीलाई अमोनियाले धमिलो र गन्हाउने (गन्धयुक्त) बनाउँछ।
अमोनियाले श्वासप्रश्वास, दमलगायत विभिन्न रोगको संक्रमण हुुने चिकित्सकहरू बताउँछन्। पानीमा नाइट्रेटको मात्रा धेरै हुुँदा बालबालिकामा अक्सिजन लिनसक्ने क्षमता घटाउने रोग (ब्लू बेबी सिन्ड्रोम) देखिन सक्छ।विज्ञहरूका अनुसार अरू समयभन्दा वर्षामा पानी धेरै प्रदूषित हुन्छ। वर्षातका बेला जमिनको सतहमा रहेका फोहोर पानीको स्रोतमा मिसिने हुुँदा पानी पिउन बढी सचेत हुुन आवश्यक ठान्छन् विज्ञहरू। पानीसम्बन्धी अनुुसन्धान गर्दै आएका वैज्ञानिक पन्तले भने, ‘स्वास्थ्यका लागि अत्यावश्यक पानी प्रयोग गर्दा सधैं सचेत हुुनैपर्छ। तर अरू समयभन्दा वर्षात्का बेला पानीका मुुहान धेरै प्रदूषित हुुन्छन्। त्यसैले वर्षामा हामी बढी संवेदनशील बन्न आवश्यक छ।’ उनले वर्षा याममा बिरामी हुने मुख्य कारण पानी नै हुन सक्ने बताए।काठमाडौं उपत्यकासहित देशका अधिकांश सहरमा पानीको खपत र माग बढ्दै जाँदा विकल्पमा सर्वसाधारणले इनार, ट्युबवेल र बोरिङको पानी पिउने गरेका छन्। यस्ता वैकल्पिक स्रोतका पानी पिउनेको संख्या तराईमा सर्वाधिक छ र बढ्दो छ। चिकित्सकहरू सफा देखिए पनि पानीमा विभिन्न जीवाणु÷कीटाणुु हुुने हुुँदा उमाल्दा वा फिल्टर गर्दा तुुलनात्मक रूपमा पिउनयोग्य हुने सुझाव दिन्छन्।