मोर्चाले मनायो १२९ औं मजदुर दिवस

मोर्चाले मनायो १२९ औं मजदुर दिवस


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ बैशाख २०७५
  • 15K
    Shares

दोहा ०४ मे २०१८–  कतारमा नेपाली मजदुरहरुको आबाज बनेको नेपाली जनप्रगतिशिल मोर्चा कतारले १२९औ मजदुर दिवस भव्यरुपले मनाएको छ। आफ्नो परिवेश अनुसार मे १ मै कार्यक्रम गर्न नसके पनि नजिकमा रहेको छुट्टिको मौका छोपेर मोर्चा केन्द्रीय समितिले कार्यक्रम आयोजना गरेको थियो।

मोर्चाको केन्द्रिय सदस्य रविन पुनको संचालन र मोर्चा उपाध्यक्ष शिशिर भण्डारीको ब्यबस्थापन तथा अर्का उपाध्यक्ष जयकिशोर पोद्दारको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा मोर्चा अध्यक्ष भक्त बहादुर शाहीले अध्यक्षता गरेका थिए भने मोर्चा सल्लाहकार समिति संयोजक रमेश गिरीको प्रमुख आतिथ्य रहेको थियो। मोर्चाका अर्का उपाध्यक्ष तथा निवर्तमान कोषाध्यक्ष साजन गुरुङले आफ्नो मन्तव्य राख्नुको साथै मोर्चाको आय ब्यय तथा प्रगति विवरण पेश गर्दै खाता नयाँ कोषाध्यक्ष गणेश बिश्वकर्मालाइ हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाइ सल्लाहकार सदस्यहरु र मोर्चा केन्द्रीय सदस्य रामहरि अर्याल र महिला प्रतिनिधि बर्षा हमालले सम्बोधन गरेका थिए। सम्बोधन कै क्रममा देशमा हुदै गरेको राजनीति अकर्मण्यतालाइ चिर्नुको बिकल्प नरहोको भन्दै सलाहकार सदस्य रेशम पौडेलले अब सबै सचेत भइ साम्राज्यबादी र बिस्तारबादीहरुको ठाडो हस्तक्षेपको विरुद्ध अगाडी बढ्नु पर्ने बताएका थिए। सल्लाहकार सदस्य श्रीकृष्ण भट्टराईले १२९ बर्ष अगाडी मजदुरहरुको ७२ दिने बिद्रोहबाट लागु गराइएको मजदुरले ८ घन्टा काम ८ घन्टा मनोरञ्जन र ८ घन्टा बिश्रामको स्मरण गराउदै नेपाली मजदुरहरु त्यो सुबिधाबाट समेत बन्चित रहेको उल्लेख गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि रमेश गिरीले अबको आन्दोलन अन्तिम हुने भन्दै सम्पुर्ण युवा बर्ग लाइ सचेत भइ हात मिलाएर एउटै मंचमा आउनुको बिकल्प नरहेकोले हातेमालो गर्दै अगाडी बढ्न अपील गरेका थिए।

देशमा अराजक तथा सामन्तवादका दलालहरुले स्वाधीनता माथि नै धावा बोल्दा पनि एक सब्द बोल्न नसक्नेको केपी सरकार प्रति तिब्र आक्रोश व्यक्त गर्दै देशलाइ हाल बैज्ञानिक समाजबादको आबस्यकाता रहेको औल्याउँदै एकीकृत जनक्रान्तीको बाटोलाइ एकरुपताका साथ लागु गर्नु नै अहिलेको विकल्प हो भन्दै अध्यक्ष भक्त बहादुर शाहीले कार्यक्रम समापनको घोषणा गरेका थिए।

प्रतिक्रिया