क्यान्सरका रोगीले खाने महँगो औषधीमा धमिरा !

क्यान्सरका रोगीले खाने महँगो औषधीमा धमिरा !


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ बैशाख २०७५
  • 16.4K
    Shares

औषधि कसले खान्छ ? स्वाभाविक जवाफ हो-बिरामीले । तर चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको रक्त क्यान्सरको औषधि बिरामीले होइन, धमिराले खाएको छ ।

अमेरिकाको म्याक्स फाउन्डेसनले दिएको ‘ग्लिभिक’ नामक निकै महँगो औषधिका ३६ प्याकेट धमिराले खाएर नष्ट गरेको हो ।

म्याक्सले ग्लिभिक वर्षमा ४ हजार ५ सय प्याकेट सहयोग गर्छ । त्यसको मूल्य एक अर्ब सात करोड रुपैयाँ बराबर पर्छ । यसका आधारमा एक प्याकेटको २ लाख ३७ हजार ७ सय ७८ रुपैयाँ हाराहारी हुन आउँछ । धमिराले नष्ट गरेका ३६ प्याकेटको ८५ लाख ६० हजार रुपैयाँ पर्छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार, म्याक्स फाउन्डेसनले सहयोग गरेका कारण बिरामीले यो निःशुल्क पाउँदै आएका छन् । उसले सन् २००४ देखि ग्लिभिक, सुटेनजस्ता औषधि उपलब्ध गराउँदै आएको हो ।

अस्पताल प्रशासनले भने थोरै मात्रामा ग्लिभिकमा धमिरा पसेको स्वीकार गरेको छ । ‘त्यस्तै १०-१५ बट्टामा धमिरा पसेको भन्ने बुझिन आएको छ । म काठमाडौं भएका कारण थप बुझ्न पाएको छैन,’ अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले कान्तिपुरसँग भनेका छन् ।

प्रतिक्रिया