सात वटा चेक बाउन्स मुद्दामा बलिउड अभिनेता राजपाल यादवलाई ४२ महिनाको जेल सजाय !

सात वटा चेक बाउन्स मुद्दामा बलिउड अभिनेता राजपाल यादवलाई ४२ महिनाको जेल सजाय !


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ बैशाख २०७५
  • 14.6K
    Shares

चेक बाउन्सअन्तर्गत ७ मुद्दा खेपिरहेका चर्चित बलिउड अभिनेता तथा हास्यव्यङ्य कलाकार राजपाल यादवलाई दिल्लीको एक अदालतले ४२ महिनाको जेल सजाय सुनाएको छ। चेक बाउन्सअन्तर्गत ७ मुद्दामा राजपाललाई दोषी ठहर गर्दै प्रत्येक मुद्दामा ६–६ महिना कैद र १।६० करोड रुपैयाँ जरिवाना गरेको हो। यद्ध्पी उनी जेल जानुपर्ने छैन्।  उनलार्इ ५० हजार धरौटीमा रिहा गर्ने आदेश पनि अदालतले दिएको छ। यद्यपी यो मामिलामा राजपाललाई राहत दिँदै अदालतले १०–१० लाख क्षतिपूर्ती तिर्न आदेश दिएको छ।

चेक बाउन्स प्रकरणमा अदालतले राजपालकी पत्नीलाई पनि दोषी ठहर गरेको छ। फिल्म बनाउने भन्दै दिल्लीको एक कम्पनीबाट ५ करोड ऋण लिएर चुक्ता नगरेको र बाउन्स चेक दिएर बारम्बार ठाटेको भन्दै राजपालविरुद्ध अदालतमा मुद्दा परेको थियो।

अदालतले १३ अप्रिलमा उनलाई सबै मामिलामा दोषी ठहर गरेको थियो। कडकडडूमा अदालतका अतिरिक्त मुख्य महानगर दण्डाधिकारी अमित अरोडाले मुद्दाको सुनुवाई गर्दै राजपाललाई अदालतले पहिला पनि आफ्नो कुरा राख्ने मौका दिएको र फेरि पनि उनलाई आफ्नो कुरा राख्ने अन्तिम मौका दिइएको बताए।

 

प्रतिक्रिया