कोहलपुरदेखि नेपालगन्ज-जमुनाह नाकासम्मको चार लेन सडक निर्माण एउटै आयोजना हो । दुई खण्डमा निर्माण सुरु गरियो । कोहलपुर-राँझा खण्ड निर्माण पूरा भएको दुई बर्ष भईसक्दा पनि राँझा-नेपालगन्ज-जमुनाहको काम सकिएको छैन ।
एशियाली विकास बैक (एडीबी) को ऋण सहयोगमा झण्डै ६३ करोडको लगानीमा बनेको सडक हस्तान्तरण नहुँदै भत्किन थालेको छ । दर्जनौ स्थानमा कालोपत्रे उप्किएर सडकमा खाल्डाखुल्डी भएको छ । अहिले निर्माण कम्पनी सडकमा बनेका खाल्डाखुल्डी पुर्न व्यस्त छ ।

उक्त खण्डको १० किमी ५ सय मिटर सडक एएमआर पप्पु जेभीले निर्माण गरिरहेको छ । दुई पटक म्याद थप्दा समेत निर्माण पूरा भएको छैन । जनवरी ३१ सम्मको म्याद सकिएपछि जुनसम्मको समय मागेको निर्माण कम्पनीले अगस्टको अन्त्यसम्म आईपुग्दा पनि काम सकेको छ । सडक निर्माण गुणस्तरहीन त छँदैछ, नेपालगन्ज नगरभित्र जर्सी ब्यारियर्स र रेलिङ पनि लगाउन भ्याएको छैन । गुणस्तरहीन निर्माणको बिरोधमा आम नागरिकले सडक आन्दोलन गरे पनि सम्बद्ध अधिकारीले प्रभावकारी अनुगमन गरेनन् । न त सडक निर्माणमा सुधार आएको छ ।