आफ्नो अपमान भएको भन्दै राजिनामा दिएका डिआईजी खरेलको राजीनामा स्वीकृत

आफ्नो अपमान भएको भन्दै राजिनामा दिएका डिआईजी खरेलको राजीनामा स्वीकृत


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ चैत्र २०७४
  • 8.7K
    Shares

प्रहरी महानिरीक्षक (आईजीपी)को नयाँ नियुक्तिले आफ्नो अपमान भएको भन्दै राजिनामा दिएका प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

 

सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै उनले राजीनामा बुझाएका थिए । उनको राजीनामा गृह मन्त्रालयले बुधबारै स्वीकृत गरेको हो । खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै राजीनामा दिएका थिए ।

उनी ०४५ सालबाट भलिबल खेलाडीका रुपमा सिपाहीबाट प्रहरी सेवा प्रवेश गरेका थिए ।

प्रतिक्रिया